• बिहीबार १-२०-२०८१/Thursday 05-02-2024
  • 07:59:20
  • ON AIR Sukhad Bihani
  • UP NEXTJotish Paramarsha

एमाले नेता गुरुङद्धारा तनहुँ २ को विकास निर्माण सम्बन्धी छलफल

दुलेगौंडा, ७ बैशाख । पूर्व मन्त्री एवम् नेकपा एमालेका स्थायी कमिटी सदस्य किरण गुरुङले तनहुँ क्षेत्र नं. २ र प्रदेश सभा निर्वाचन क्षेत्र २(१) र (२) को विकास निर्माण तथा निति योजना र कार्यक्रमसम्बन्धी छलफल गरेका छन् ।

नेकपा एमाले भिमाद नगर कमिटीको व्यवस्थापनमा नेता गुरुङले सो कार्यक्रमको आयोजना गरेका हुन् । विहिवार भिमादमा भएको कार्यक्रममा यस क्षेत्रमा रहेका प्रदेश र केन्द्रबाट सञ्चालित विभिन्न योजनाहरुको अवस्था, बाँकी कामको निरन्तरता लगायतका विषयमा छलफल भएको हो । साथै विकास निर्माणका कामलाई तिव्रताका साथ लैजान स्थानीय, प्रदेश र संघीय सरकारका साथै पार्टीको भूमिकाको विषयमा छलफल भएको हो ।

कार्यक्रममा म्याग्दे, शुक्लागण्डकी , ऋिषिङ, घिरिङ पालिकाका पार्टीका अध्यक्ष, सचिव, प्रदेश कमिटीका वर्तमान ,निवर्तमान सदस्यहरुका साथै पालिकाका प्रमुख तथा उपप्रमुखहरुको सहभागिता रहेको भिमाद नगर कमिटी अध्यक्ष इमान बहादुर थापाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस