• बिहीबार १-२०-२०८१/Thursday 05-02-2024
  • 03:25:24
  • ON AIR
  • UP NEXTBhakti Darshan

   बुगीवुगीको विजेता बनिन कविता नेपाली, फस्ट रनरअप तनहुँकी प्रगती पुन

दुलेगौडा, साउन १८ । कविता नेपाली डान्स रियालिटी सो बुगीवुगीको विजेता बनेकी छन् । एपिवान टेलिभिजनद्धारा आयोजित अन्तराष्ट्रिय फ्रेन्चाइज डान्स रियालिटी सो बुगीवुगीको फाइनलिस्ट २ जनालाई पछाडी पार्दै कविता विजेता बनेकी हुन् । शनिबार   बुगीवुगीको ग्रान्ड फिनाले भएको थियो । कविताले उपाधिसँगै २५ लाख रुपैयाँ प्राप्त गरेकी छन् ।


यस्तै तनहुँकी चेली प्रगती पुन फस्ट रनरअप बनिन् । शुक्लागण्डकी २ कोत्रे नर्सरीकी २१ ब्र्षिय प्रगतिले हजारौ प्रतिष्पर्धीलाई पछाडी पार्दै गण्डकी प्रदेशको प्रतिनीधित्व गर्दै फाइनलसम्मको यात्रा तय गरेकी थिइन् । उनि बुगीवुगीमा सहभागि हुनपुर्व स्थानिय कृस्टल क्लज कृमा आबद्ध रहेर कभर भिडियोहरुमा नृत्य गर्दै आएकी थिइन् । उनले तनहुँसँगै गण्डकी प्रदेशका विभिन्न जिल्लामा हुने गरेका कार्यक्रमहरुमा नृत्य प्रस्तुत गरेर धैरेको मनमुटमा बस्न सफल भएकी थिइन् ।


सेकेन्ड रनरअप काभ्रेका सरोज मोक्तान भए । फस्ट रनरअप र सेकेन्ड रनरअपले ६ लाख र ४ लाखसँगै विभिन्न अवसरहरु पाएका छन् । 
 

प्रतिकृया दिनुहोस