• सोमबार १-१७-२०८१/Monday 04-29-2024
  • 10:00:34
  • ON AIR Shuklagandaki Samachar
  • UP NEXT

मेयर कपको उपाधी शुक्लागण्डकीका राना र राम्जालीको जोडिलाई

दुलेगौंडा, ९ असोज । प्रथम मेयर कप जिल्लास्तरीय व्याडमिन्टन प्रतियोगिता–२०७५ को उपाधी शुक्लागण्डकीका कमल राना र सुरज राम्जालीको जोडिले प्राप्त गरेका छन् । 


सोमवार भएको फाइनलमा २२–२०, २१–१६ र २१–१६ को सेटले देव गुरुङ र अमृत रानाको जोडिलाई पराजित गर्दै उपाधी कब्जा गरेका हुन् । भिमाद नगर खेलकुद विकास समितिले आयोजना गरेको  हरि कुमार थापा र दिपक गुरुङको जोडि र अमर थापा र कुमार जिसीको जोडिले तृती स्थान प्राप्त गरे । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीयले क्रमशः ३० हजार २० हजार र १५ हजार साथमा ट्रफि, मेडल र प्रमाणपत्र पाए । प्रथम हुने जोडिले थप १÷१ थान व्याटमिन्टन सेट पाएका छन् । 


सो अवसरमा बोल्दै भिमाद नगरपालिकाका मेयर मेख बहादुर थापाले नगर खेलकुदलाई  प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । ‘नगरमा जति धेरै प्रतियोगिता हुन्छन, त्यति नै खेलाडीलाई प्रोत्साहन र उत्पादनमा सहयोग पुग्दछ उनले थपे–त्यसैले खेलको माध्यमबाट नगरलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा चिनाउनु पर्दछ ।’ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत थमनसिंह थापाले खेलले मानिसलाई स्वास्थ्व बनाउन सहयोग पुग्ने उल्लेख गरे । 


व्याडमिन्टन संघ भिमादका अध्यक्ष बाबुराम सुनारको अध्यक्षतामा भएको कार्यक्रममा नगर खेलकुद विकास समिकिा अध्यक्ष प्रेम कुमार थापा, व्याडमिन्टन संघ भिमादका सचिव नविन कुमार श्रेष्ठ लगायतले स्थानीय स्तरमा हुने प्रतियोगिताले खेलाडी तथा खेलप्रेमीलाई उत्साह थपेको बताएका थिए । तनहुँको भिमादमा सञ्चालित सो प्रतियोगितामा विभिन्न नगरपालिकाका ४६ जोडिले सहभागिता जनाएका थिए । हालै गठन भएको नगर खेलकुद विकास समितिले पहिलो कार्यक्रम गरेको हो । प्रतियोगिता शनिवार शुरु भएको थियो । 
 

प्रतिकृया दिनुहोस