• बुधबार १-१९-२०८१/Wednesday 05-01-2024
  • 01:48:09
  • ON AIR
  • UP NEXTBhakti Darshan

म्याग्दीको नेपाली कागज उद्योग पुनः सञ्चालनमा आउने

दुलेगौडा, २४ असोज । म्याग्दीको मालिका गाउँपालिकाको देवीस्थानमा बन्द रहेको नेपाली हाते कागज उद्योग पुनः सञ्चालन हुने भएको छ । 


शुक्लागण्डकी नेपाल कागज उद्योग र पोखरा विश्वविद्यालय अन्तर्गत रहेको नाइटेक संस्थाको सहयोगमा सो उद्योग पुनः सञ्चालनमा ल्याइने भएको हो । शुक्रवार एक कार्यक्रमकाबीच पोखरा विश्वविद्यालयमा शुक्लागण्डकी कागज उद्योगका सञ्चालक सन्तोषराज सिग्देल, मालिकाको कागज उद्योगका सञ्चालक मोतिराज गौतम र नाइटेक संस्थाका प्रतिनिधीले संयुक्तरुपमा सञ्चालनको लागि सम्झौता गरेका हुन् । 


‘बजार व्यवस्थापन नहुदा ३ वर्षअघि सञ्चालनमा रहेको मालिकाको नेपाली कागज उद्योग १ वर्षपछि नै बन्द भयो, शुक्लागण्डकी कागजका सञ्चालक सिग्देलले भने–अब यसलाई पनि नियमितरुपमा उत्पादनमा हामी सहयोग गर्छौ ।’ तीनै संस्थाको ३३÷३३ प्रतिशत सहयोगमा उद्योग पुनःस्थापना हुन लागेको हो । 
सो नेपाली कागज उद्योग सामुदायिक वन र व्यक्तिगत गरि करिव ६ लाख रुपैयाको लगानीमा स्थापना गरेका थिए । आगामी कार्तीक ७ गते सो उद्योगको एक कार्यक्रमकाबीच पुनः सञ्चालनमा ल्याइने सञ्चालक गौतमले जानकारी दिए । ‘उद्योगले अब यसै क्षेत्रको कच्चा पदार्थ उपयोग गरी पुन नेपाली कागज उत्पादन गर्छ,’ सञ्चालक गौतमले भने– ‘आसा छ सबैको सहयोग रहने छ ।’ उनले अब १० कोरीसम्म उत्पादन गर्ने बताए । 


संघीयता कार्यान्वयनसँगै नेपाली कागजको माग बढेको छ । स्थानीय तहमा जन्म तथा मृत्यु दर्ता, विवाह, निवेदन फाराम, अनुसुची साथै अदालतमा नेपाल कागजको प्रयोग हुदै आएको छ । बाबीयो, लोक्ता र केराको बोट लगायतका कञ्चापदार्थ प्रयोग गरी नेपाली कागज उत्पादन गरिन्छ । 
 

प्रतिकृया दिनुहोस