• सोमबार १-१७-२०८१/Monday 04-29-2024
  • 12:16:04
  • ON AIR Pop Zone
  • UP NEXTSangit Darpan

जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्र यथावत् नराखौं अगाडि बढाऔं : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र अगाडि बढाउने बताएका छन्। शुक्रबार प्रतिनिधिसभामा सांसद मिनेन्द्र रिजालले गरेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले त्यस्तो बताए।

सांसद रिजालले यथावत् राख्ने की नराख्ने? भन्ने अनौठो प्रश्न गरेको भन्दै प्रधानमन्त्री ओलीले त्यसलाई यथावत् नराख्ने बताए। उनले त्यसलाई यथावत नराखेर अगाडि बढाउने समेत बताए। 'यसलाई यथावत् राख्न खोजेको हो र ? जमिन मात्रै यथावत् राखेर हुन्छ? अगाडि बढाउ भन्ने मेरो यथावत नराख्ने? म अगाडि बढाउ भन्छु यथावत् राख्ने की नराख्ने भन्नुहुन्छ?',

प्रधानमन्त्रीले भने। त्यसलाई श्वासप्रश्वास केन्द्रका रूपमा मात्र अगाडी बढाउने हो वा एउटा हस्पिटलका रूपमा भन्ने प्रश्न गर्दै उनले यसलाई मास्ने, समाप्त पार्ने, नाम मन नपरेको भन्ने जस्तो कुरा आउछ भन्ने कुरा आफुले अपेक्षा नगरेको बताए। उनले यसबारेमा नेपाली काँग्रेसका नेताहरूसँग बिहिवार बेलुकीसम्म कुरा गरेको बताए। 'मैले हिजोसम्म पनि नेकाका नेताहरूलाई भनेको छु। हिजो बेलुका साँझसम्म पनि भनेको छु', उनले भने 'सभापति, बरिष्ठ ज्युलाई समेत भनेको छु। हिजो बेलुका बिजय गच्छदारसँग समेत भनेको छु। की यसलाई कसरी प्रभावकारी बनाउने? त्यसरी अगाडी बढाउ भनेर छलफल भएको छ।'

जिपी कोइराला सम्बन्धमा श्वासप्रश्वास केन्द्र मात्र त्यहाँ नचल्ला भन्दै त्यसलाई चल्नेगरी चलाउन के गर्ने भन्दा नेकाका नेताले भारतले बजेट दिन्छ भनेको उनले बताए। तर दिन्छ भने सरकारका तर्फबाट कार्यक्रम अगाडि बढाएर जाने हो की नेपाल सरकारले बजेट ब्यवस्था गरेर जानुपर्ने उनले बताए। यसैगरी शुसिल कोइराला परोपकार क्यान्सर अस्पतालसँग जोडिएको संस्था अलिक बिवादमा भएकाले यसबारे थप छलफल गरेर अगाडी बढ्न खोजेको प्रधानमन्त्री ओलीले बताए। 'त्यहाँ केही बिवाद रहेको देखियो। त्यसकारण यसबारे समाधान खोजौं र जाउ भनेको थिए', उनले भने।
 

प्रतिकृया दिनुहोस