• बिहीबार १-२०-२०८१/Thursday 05-02-2024
  • 06:22:33
  • ON AIR Lok Chautari
  • UP NEXTShuklagandaki Samachar

नारायणले ल्याए गजल म्यूजिक भिडियो ‘सान्नानी’

दुलेगौंडा, २ पुष । स्रष्टा नारायण श्रेष्ठको सान्नानी गजलको म्यूजिक भिडियोको शुक्रवार दुलेगौंडामा विमोचन गरिएको छ । शुक्ला साहित्य संगमको आयोजना र लायन्स क्लव अफ दुलेगौंडा खैरेनी सिटीको सहआयोजनामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य श्यामराजा महतले भिडियोको विमोचन गरे ।

सो अवसरमा बोल्दै महतले श्रेष्ठले यस क्षेत्रबाट  साहित्य र संगीतमा  योगदान पु¥याएको बताउदै सफलताको कामना गरे । उनले यस क्षेत्रको प्रवद्धनकोलागि गीत संगीतको महत्वपूर्ण भूमिका रहने बताए । श्रेष्ठको रचना र लयमा तयार गरिएको गजलमा प्रताप दासले स्वर दिएका छन् । जेरी भण्डारीले भिडियोको निर्देशन गरेका छन् । शुक्लागण्डकीका विभिन्न क्षेत्रमा भिडियो छायांकन गरिएको स्रष्टा श्रेष्ठले जानकारी दिए । लेखनका हिसाबले गजल भएपनि गायनको दृष्टिले लोक लयमा रहेको छ ।

 

 

 

यस अघि श्रेष्ठले भुजिकोटको प्रवद्धनकोलागि गीत रेकर्ड गरेका थिए । शुक्ला साहित्य संगमका सचिव सरस्वती सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका अध्यक्ष विमल प्रसाद रिमाल, साहित्यकार शेषमणि आचार्य, शुक्ला साहित्य संगमका पूर्व अध्यक्ष जनार्दन दाहाल, आनन्द सुन्दर श्रेष्ठ, लायन्स क्लव अफ दुलेगौंडा खैरेनी सिटीका अध्यक्ष टिकाराम श्रेष्ठ, कलाकार शंकर पन्त लगायतले बोलेका थिए । 

प्रतिकृया दिनुहोस