• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
  • 05:01:56
  • ON AIR Shuklagandaki Samachar
  • UP NEXTBal Bagaicha

ढोर फुलबारी सहिद अस्पताललाइ पोर्टेबल एक्सरे मेसिन हस्तान्तरण

दुलेगौंडा, ७ मंसिर । तनहुँको शुक्लागण्डकी–११, साँखेस्थित ढोर फुलबारी सहिद अस्पताललाई भिडियो एक्सरे मेसिन हस्तान्तरण गरिएको छ । संघीय सरकारको पहलमा आपूर्ति व्यवस्थापन विभाग गण्डकीबाट उपलब्ध गराएको सो मेसिन शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डित र उपप्रमुख खुम बहादुर विक राजुले अस्पताललाई हस्तान्तरण गरे । 


सो अवसरमा बोल्दै नगर प्रमुख पण्डितले ढोरवासीसँगै स्याङ्जावासीले पनि यसको भरपुर उपयोग गर्न आग्रह गरे । उनले अस्पतालले विश्वासिलो सेवा दिएको बताउदै नगरले स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेको जानकारी दिए । मेयर पण्डितले अब मासिक रुपमा सबै वडामा गर्भवती महिलाको एक्सरेबाट बच्चाको अवस्थाको परिक्षण गरिने उल्लेख गरे । सो अवसरमा प्रमुख नगर उपप्रमुख विक, प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादे, स्वास्थ्य शाखा प्रमुख डिवी थापा, अस्पताल प्रमुख डा. प्रतिक्षा आले लगायतले बोलेका थिए । 
 

प्रतिकृया दिनुहोस