• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
  • 11:18:53
  • ON AIR Hello Shuklagandaki Quiz
  • UP NEXTNepal Khabar

ढोरेली सेवा समाजको रक्तदान कार्यक्रममा ५१ युनिट रगत

दुलेगौंडा, ९ फागुन । २०४६ सालको जनाअन्दोलनका सहिद कृष्ण प्रसाद पौडेलको स्मृति दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ५२ युनिट रगत संकलन भएको छ । 


ढोरेली सेवा समाज काठमाडौंले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै राष्ट्रिय मृगौला उपचार केन्द्रका निर्देशक डा.बद्रि रिजालले समाजसँग आगामी दिनमा सहकार्य गर्दै आवश्यक सहयोग गर्न तयार रहेको बताए । समाजले बिगत ७ बर्षदेखि नियमित रुपमा रक्तदान कार्यक्रम गर्दै आएको छ । 


समाजका अध्यक्ष मधु सुदन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा विर अस्पतालका उपनिर्देशक डा. समाज गौतमले रक्तदानजस्तो पुण्य कार्य गर्नुभएकोमा धन्यवाद दिए । कार्यक्रमको सन्चालन समाजका महसचिव धर्मदत्त अर्यालले गरेका थिए । सोहि अवसरमा राष्ट्रिय मृगौला उपचार केन्द्रको प्राबिधिक सहयोगमा नि शुल्क मृगौला परीक्षण गरिएको थियो । 
 

प्रतिकृया दिनुहोस