लियो क्लव अफ दुलेगौंडा खैरेनी सिटिको अध्यक्षमा विवेक
दुलेगौंडा, १३ चैत । लियो क्लव अफ दुलेगौंडा खैरेनी सिटिको अध्यक्षमा विवेक वाग्ले निर्वाचित भएका छन् । लायन वर्ष २०२४÷०२५ का लागि वाग्ले १००% मतका साथ अध्यक्षमा निर्वाचित भएका हुन् । उपाध्यक्षमा सुसन पौडेल सर्वसम्मत भए । सोमवार दुलेगौंडामा आयोजित कार्यक्रममा लायन्स कल्व अफ दुलेगौंडा खैरेनी सिटीका सचिव राम लम्सालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । लियो क्लवले जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा मासिक रुपमा नियमित आखाँ शिविर सञ्चालन गर्नुका साथै विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।
प्रतिकृया दिनुहोस