• शुक्रबार ६-१६-२०८३/Friday 10-02-2026
  • 02:44:31
  • ON AIR
  • UP NEXTBhakti Darshan

खैरेनीटार महिला बहुउद्देश्यीय सहकारीको २४ औं वार्षिक साधारणसभा

दुलेगौंडा, ९ असोज । शुनपा–६ खैरेनीटारमा रहेको खैरेनीटार महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सहकारीबाट ऋण लिएर गाई÷भैंसी पालन गर्दै आएका किसान विष्णु माया ढकाल, संगिता ढकाल, मञ्जु सुवेदी र कमला सुनारलाई शुक्रवार सम्मान गरेको छ । सहकारीको २४ औं वार्षिक साधारण सभाको अवसरमा बेलचौतारामा आयोजित कार्यक्रममा नगर उपप्रमुख खुम बहादुर विक राजु, वडा नं. ५ का अध्यक्ष दिर्घ बहादुर थापा, सहकारी अध्यक्ष सुर्यदेवी सिग्देल लगायतले सम्मान गरेका हुन् । ऋण लगेर उत्पादनमा लगानी र समयमै कर्जा भुक्तानी गर्ने उत्कृष्ट किसानलाई सम्मान गरिएको हो । 
कार्यक्रममा बोल्दै नगर उपप्रमुख विकले महिला दिदीबहिनीलाई एकत्रित गरि कर्जा लगानी र उत्पादनमा जोड दिएकोमा खुसी व्यक्त गरे । सहकारी अध्यक्ष सुर्यदेवी सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. ५ का अध्यक्ष दिर्घ बहादुर थापा, सहकारीका पूर्व अध्यक्ष तुल माया विक, सम्मानित किसानबाट विष्णुमाया ढकाल लगायतले बोलेका थिए । कार्यक्रममा स्वागत उपाध्यक्ष  पुष्पा ढकाल र सञ्चालन सचिव विनिता श्रेष्ठले गरेकी थिइन् । साथै लेखा समितिको प्रतिवेदन संयोजक विन्दु शर्मा र कोषाध्यक्ष निरु भुजेलले पेश गरेकोमा छलफलपछि पारित भएको थियो । सहकारीमा ३ हजार ७० महिला सदस्य छन् भने विभिन्न ३५ उपसमिति क्रियाशिल छन् । 
 

प्रतिकृया दिनुहोस
↑