शुक्लागण्डकी एफ.एम.दशौं वर्षमा
दुलेगौंडा, १५ असोज । तनहुँ मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित शुक्लागण्डकी एफ।एम।९७।६ मेघाहर्ज १० वर्षमा प्रवेश गरेको छ । वि।स। २०७३ साल असोज १५ गते घटस्थापनाको दिनमा रेडियोको परिक्षण प्रसारण प्रारम्भ भएको थियो ।
यस अवसरमा रेडियोका अध्यक्ष शिव पौडेलले यस अवधिमा साथ र सहयोगका लागि सञ्चालक समिति, सेयरधनी सदस्य, श्रोता महानुभावहरु, कर्मचारीहरु, विभिन्न स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरु, सहकार्यमा रहेका विभिन्न संघसंस्थाहरु, व्यवसायिक क्षेत्रका प्रतिनिधिहरु, विज्ञापनदाताहरु र एवम् सम्पूर्ण शुभचिन्तकहरुमा कृतज्ञता व्यक्त गरेका छन् । साथै आगामी दिनमा पनि निरन्तर साथ र सहयोगको अपेक्षा गरिएको छ । वार्षिकोत्सवसँगै रेडियोले रेडियोको सभाहलमा शेयरधनी सदस्यबीच विजयादशमी, दिपावली, छट पर्व–२०८३ र नेपाल संवत ११४७ को अवसरमा शुभकामना आदान प्रदान आयोजना गरेको छ । वार्षिकोत्सवको अवसरमा प्रत्येक वर्ष रेडियोले शुभकामना आदान प्रदान कार्यक्रमलाई निरन्तरता दिदै आएको छ । रेडियोका सचिव टिकाराम श्रेष्ठका अनुसार आज दिउँसो रेडियोको सभाहलमा शुभकामना आदान प्रदान गरिदै छ । गीत संगीतको अलवा रेडियोमा हाल दैनिक ६ पटक आफ्नै उत्पादनमा समाचार, स्थानीय सराकोरका विषयमा छलफल, कानुन, महिला, बालबालिका, स्वास्थ्य, शिक्षा, व्यवसाय लक्षित कार्यक्रम सञ्चालन गर्दै आएको स्टेसन मेनेजर उपाध्यायले जानकारी दिए । शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडाबाट प्रसारण भइरहेको रेडियो तनहुँ, कास्की, स्याङ्जा, लमजुङ, पाल्पा, गोरखा, नवलपरासी लगायतका जिल्लामा सुन्न सकिन्छ ।









प्रतिकृया दिनुहोस