• शुक्रबार ६-१६-२०८३/Friday 10-02-2026
  • 02:46:07
  • ON AIR
  • UP NEXTBhakti Darshan

फार्मासिस्ट दिवसमा च्यवनधामको वृदाश्रममा खाद्यान्न प्रदान 

दुलेगौंडा, ९ असोज । नेपाल फार्मेसी संघ शुक्लागण्डकी फार्मेसी एकाई समितिले तनहुँको शुनपा–२ स्थित मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाममा रहेको वृदाश्रममा खाद्यान्न प्रदान गरेको छ  । फार्मासिस्ट दिवसको अवसरमा शुक्रवार करिव १५ हजार बराबरको दैनिक उपभोग्यका सामाग्री प्रदान गरिएको सचिव देवीभक्त रानाले जानकारी दिए । धाममा ११  जना वृद्धवृद्धा आश्रित छन् भने गुरुकुल विद्याश्रममा बटुकहरु अध्ययनरत छन् । सो अवसरमा बोल्दै धामका सचिव दुर्गादत्त सापकोटाले दाताकै सहयोगबाट वृद्धाश्रम, गुरुकुल र गौं संरक्षण केन्द्र सञ्चालन गर्न सकिएको बताए । नेपाल फार्मेसी संघ शुक्लागण्डकी फार्मेसी एकाई समितिका अध्यक्ष मनोहर नेपालले समितिले दिवसको अवसरमा सानो सहयोग गर्ने निर्णय भएको जानकारी दिदै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा स्वागत सदस्य विष्णु अर्यालले गरेका थिए । 
‘स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाऔँ’ भन्ने नाराका साथ विश्वभर यो दिवस शुक्रवार मनाइएको छ ।  औषधि उपलब्ध गराउने मात्र होइन, यसको सुरक्षित, सही र उचित प्रयोग सुनिश्चित गर्दे बिरामीलाई आवश्यक जानकारी र परामर्श प्रदान गर्न फर्मासिस्टहरुको भूमिका महत्वपर्ण रहँदै आएको छ ।
 

प्रतिकृया दिनुहोस
↑