• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
  • 03:41:04
  • ON AIR Filmy Parda
  • UP NEXTYour Choice

दुलेगौंडामा निशुल्क स्वास्थ्य परिक्षण

दुलेगौडा, २९ असोज । दुलेगौंडा आदर्श समाजको आयोजना र तनहुँ सेवा हस्पिटलको प्राविधिक सहयोगमा भएको निशुल्क स्वास्थ्य परिक्षणमा १ सय ४३ जनाले स्वास्थ्य लाभ लिएका छन् । यूरोलोजीतर्फ ६६ र ७७ जना महिलासम्बन्धी परिक्षण गरिएको समाजका अध्यक्ष पदम बहादुर बानीयाले जानकारी दिए । 

कार्यक्रममा बोल्दै शुक्लागण्डकी–४ का अध्यक्ष शिव कुमार श्रेष्ठले चाडपर्वमा खानपिनमा ध्यान दिनुपर्ने बताए । विपी स्मृति हस्पिटलका बरिष्ठ युरोलोजिष्ट डा. घनश्याम सिग्देलले आफूलाई जुन समस्या भएको छ, त्यहि विधाको चिकित्सकलाई परिक्षण गर्दा रोग चाडो निदान हुने जानकारी दिए । 

तनहुँ सेवा हस्पिटलका अध्यक्ष हरि खड्काले स्थानीयलाई स्वास्थ्य प्रति सचेत गराउन यस प्रकारको कार्यक्रमलाई निरन्तरता दिदै आएको उल्लेख गरे । ‘चाडपर्वमा खानपिनले गर्दा विभिन्न समस्या आउन सक्छ,’ उनले भने– ‘यसले उनीहरुलाई स्वास्थ्यप्रति चासो जगाउन सहयोग पुग्छ ।’  सो अवसरमा शुक्लागण्डकी नागरिक समाजका अध्यक्ष खेमराज खनाल, दुलेगौंडा आदर्श समाजका उपाध्यक्ष छवि बहादुर कार्की, सचिव विवेक खनाल लगायतले बोलेका थिए । कार्यक्रममा डा. सिग्देल र स्त्रीरोग विशेषज्ञ डा. सरिता आचार्यले स्वास्थ्य परिक्षण गरेका हुन् ।  
 

प्रतिकृया दिनुहोस