• मंगलबार १-१८-२०८१/Tuesday 04-30-2024
  • 03:43:59
  • ON AIR Bollyhood Express
  • UP NEXTYour Choice

बुगीवुगी फस्ट रनरअप प्रगति फर्किइन जन्मघर

फोटो : बिनोद ढुंगाना

दुलेगौडा, २३ साउन । एपिवान टेलिभिजनले सञ्चालन गरेको अन्तराष्ट्रिय फ्रेन्चाइज डान्स रियालिटी सो बुगीवुगीको फस्ट रनरअप प्रगति पुन जन्मघर फर्किएकी छन् । बुधबार घर आइपुगेकी प्रगतिलाई भव्य स्वागत गरिएको छ । शुक्लागण्डकी– २ कोत्रे नर्सरीमा रहेको उनको घरमा स्थानीय र लायन्स क्लव अफ तनहुँ शुक्लागण्डकी टाउनले स्वागत गरेको हो  । भिडियो हेर्नुहोस् :

 


गण्डकी प्रदेशकै प्रतिनिधी गरेकी तनहुँकी चेली पुनले हजारौँ प्रतिष्पर्धीलाई पछाडी पार्दै  फस्ट रनर अप हुन सफल भएकी हुन् । गत शनिबार भएको फिनालेमा उनले फस्ट रनरअपको उपाधिसँगै ६ लाख रुपैयाँ प्राप्त गरिन् । यसअघि फिनाले प्रवेश गरेपछि भोट अपिलका लागी उनी गृह जिल्ला आएकी थिइन् ।

शुक्लागण्डकी एफएमसँग प्रतिकृया दिदै भोट गरेर आफुुलाइ फस्ट रनरअप बनाएकोमा जिल्लावासी र देश विदेशमा रहेका नेपालीलाई धन्यवाद दिइन् ।उपाधि विजेता  नभएपनि उनले आफु सबैको मायाले विजयी बनेको बताइन् । ‘यो मेरो करियरको सुरुवात हो’, उनले भनिन्, ‘आफुलाइ अझ सक्षम बनाएर यही क्षेत्रमा निरन्तरता दिनेछु ।’ 

‘बुगीवुगी जानुअघि विजेता भन्छु भन्ने थिएन तर मेहेनत गर्छु भन्ने सोच थियो उनले भनिन् । ’ हरेक क्षेत्रमा अनुशासनबिना सफल हुन नसकिने प्रगतीको भनाइ छ ।  

प्रतिकृया दिनुहोस